यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय « Khabarhub

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले अध्यक्ष ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओली नेतृत्वमा बन्ने सरकारलाई समर्थन र मार्गप्रशस्त निम्ति अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

हालको प्रमुख प्रतिपक्षी काँग्रेससँग मिलेर नयाँ सत्ता गठजोड बनाउने कसरतलाई अन्तिम रूप दिन खोजेको एमालेले तत्काल प्रधानमन्त्रीको राजीनामा चाहेको छ । तर प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने र विश्वासको मतको प्रक्रियामा जाने बताएका छन्‌ ।

एमालेले प्रधानमन्त्रीलाई भन्योः नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ३३ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा