‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’ « Khabarhub

‘लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध छ’


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। 

निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए ।

गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने नीति अङ्गीकार गरेको बताउँदै उहाँले संस्थागत शेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुन सकारात्मक हो भने । संस्थागत शेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छ भने शेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ । 

पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरूको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उनले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिए । 

निम्ब एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरू देशको आर्थिक विकासका निम्ति क्रियाशील रहेका बताउँदै धितोपत्र बजार स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बन्नुपर्ने विचार व्यक्त गरे । 

देशको आर्थिक तथा सामाजिक विकासका लागि सार्वजनिक निष्काशनमार्फत पुँजी परिचालनलाई आफूले जोड दिएको बताउँदै उनले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्नु आफू नेतृत्वको संस्थाको उद्देश्य हो भने । 

छ जनाबाट प्रारम्भ गरिएको संस्थामा हाल एक सय ३० जना कार्यरत रहेका जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत पाँडेले दुईसयभन्दा अधिक लगानीकर्ता संलग्न कम्पनीको पुँजी दश अर्ब पुगेको बताए। आफ्नो संस्थाले स्वच्छ ऊर्जा, सूचना प्रविधि, सेवा, उत्पादन, कृषि, शिक्षा, औषधि उत्पादन र घरजग्गा कारोबारमा लगानी गरेको जानकारी दिए। 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : २७ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको