अर्थमन्त्रीको तर्क- जनता सम्पन्न नभए बजारमा आएका राम्रा किताब किनेर पढ्न सक्दैनन् | Khabarhub Khabarhub

अर्थमन्त्रीको तर्क- जनता सम्पन्न नभए बजारमा आएका राम्रा किताब किनेर पढ्न सक्दैनन्

राजनीतिक स्थायित्व भए आर्थिक समृद्धि आउने दाबी


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश निर्माणको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

किताब जात्राको छैटौँ संस्करणको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सबैले आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए । ‘आज नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो’ पौडेलले भने ।

मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता, आर्थिक, सामाजिक रूपान्तरण र विकासका लागि सहकार्य आवश्यक रहेको पौडेलले बताए ।

संघर्षबाट व्यवस्था परिवर्तन गरी नयाँ लोकतन्त्रात्मक गणतान्त्रिक व्यवस्था र उत्कृष्ट संविधान ल्याइएको बताउँदै उनले अब त्यसको व्यवहारिक कार्यान्वयन सर्वाधिक महत्वको विषय भएको प्रष्ट पारे ।

‘हरेक नेपालीका निमित्त यो सर्वाधिक महत्वको प्रश्न हो’, उनले अगाडि भनेका छन् ।

राजनीतिक स्थायित्व काम नहुँदासम्म देशलाई सम्पन्न बनाउन नसकिने उनको धारणा छ ।

‘जबसम्म राजनीतिक स्थायित्व कायम हुन सक्दैन, जबसम्म आर्थिक क्रान्ति हुन सक्दैन, देशलाई सम्पन्न बनाउन सक्दैनौँ, प्रत्येक नेपालीलाई सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्’, उनले थपे, ‘जबसम्म जनता सम्पन्न हुन सक्दैनन् तबसम्म राम्रा किताबहरू बजारमा आए भने पनि किन्न सक्दैनन्, पढ्न सक्दैनन् ।’

उनले समाजका हरेक मानिसलाई समृद्धि चाहिएको बताएका छन् । ‘अहिले नेपाल सरकोको सर्वाधिक सरोकारको विषय के छ भने राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रूपान्तरण, विकास र समृद्धि’, उनले भने ।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्न आयोजना हुने यस्ता कार्यक्रमलाई सरकारले सधैँ साथ दिने उनले प्रतिबद्धता जनाए ।

‘समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रूपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’, उनले अगाडि भने ।

पौडेलले किताब माथि कर लगाउँदा विवेक र ज्ञानमाथि नै कर लगाउनु जस्तो हुने बताए । त्यसैले आफूले किताबमा लगाएको करलाई फिर्ता लिने निर्णय लिएको पौडेलले सुनाए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ४५ बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति