तीन राज्यमन्त्रीले लिए सपथ, दुई पटकमै ओली क्याबिनेटले पायो पूर्णता | Khabarhub Khabarhub

तीन राज्यमन्त्रीले लिए सपथ, दुई पटकमै ओली क्याबिनेटले पायो पूर्णता


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीनजना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए । यसअघि असार ३१ गते ओलीसहित मन्त्रिपरिषद्का २२ जना सदस्यले सपथ लिएका थिए ।

अघिल्ला सरकारका पालामा ढल्ने बेलासम्म सरकारले पूर्णता पाउने गरेका थिएनन् । तर नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले साना दललाई पनि मिसाएर दुई पटकमै सरकारलाई पूर्ण आकारको बनाउन सफल भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । साेमबार नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका हुन् ।

असार ३१ मा ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शपथ लिएका थिए।

यसैगरी, उनी नेतृत्वको सरकारमा १९ मन्त्रीले पनि त्यही दिन शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले ओली लगायत मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए ।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले त्यसबेला मन्त्री पठाएका थिए । यस पटक नागरिक उन्मुक्ति पनि मिसिएर क्याबिनेटले पूर्णता पाएको छ । यससँगै ओली नेतृत्वको क्याबिनेट पूर्ण २५ सदस्यीय भएको छ ।

ओ‌ली क्याबिनेट

प्रधानमन्त्री : केपी शर्मा ओली

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री : प्रकाशमान सिंह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री ः विष्णु पौडेल

सञ्चारमन्त्री :  पृथ्वी सुब्बा गुरुङ

गृहमन्त्री ः रमेश लेखक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा : शरदसिंह भण्डारी

परराष्ट्रमन्त्री : डा. आरजु देउवा

खानेपानीमन्त्री : प्रदीप यादव

भूमि व्यवस्था मन्त्री : बलराम अधिकारी

उद्योग मन्त्री : दामोदर भण्डारी

महिला तथा बालबालिकामन्त्री : नवलकिशोर शाह

भौतिक पूर्वाधारमनत्री : देवेन्द्र दाहाल

युवा तथा खेलकुदमन्त्री : तेजुलाल चौधरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री : प्रदीप पौडेल

कानूनमन्त्री : अजय चौरसिया

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : बद्रीप्रसाद पाण्डे

कृषिमन्त्री : रामनाथ अधिकारी

शिक्षामन्त्री : विद्या भट्टराई

रक्षामन्त्री : मानवीर राई

उर्जा : दिपक खड्का

संघीय व्यवस्थामन्त्री : राजकुमार गुप्ता

वनमन्त्री : ऐनबहादुर शाही ठकुरी

राज्यमन्त्रीहरू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री : अरुणकुमार चौधरी

वन तथा वातावरण राज्यमन्त्री : रुपा विक

ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री : पूर्णबहादुर तामाङ

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : ५८ बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति