प्रधानमन्त्री ओलीको निर्देशन- त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डार अन्यत्र सार्नू « Khabarhub

प्रधानमन्त्री ओलीको निर्देशन- त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डार अन्यत्र सार्नू


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलसँगै रहेको नेपाल आयल निगमको इन्धन भण्डार स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित तीनजना राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री तामाङले सपथ लिइसकेपछि सिंहदरबारमा उपस्थित ऊर्जामन्त्री दीपक खड्कासमेतलाई ओलीले विमानस्थलसँगकै इन्धन भण्डार सार्ने तयारी थाल्न भनेका हुन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारले खतरा हुने भएकोले अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ’, ओलीको सचिवालयले भनेको छ ।

गत ९ साउनमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज पेप्सीकोलातिरको क्षेत्रमा खसेर दुर्घटना भएको थियो ।

यसअघि २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भएको थिएन। तर उक्त जहाज विमानस्थलनजिकैको इन्धन भण्डार क्षेत्रमा दुर्घटनामा परेको थियो ।

लगातार जहाज दुर्घटना हुन थालेपछि विमानस्थलनजिक र सिनामंगलस्थित ठूलो बस्ती नजिकैको इन्धन भण्डार खतरा बन्दै गएको भन्दै सार्न सरकारलाई दबाब परिरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ५ : ५४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल