दुई दिनको समय दिएर सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान « Khabarhub

दुई दिनको समय दिएर सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दुई दिनको समय दिएका छन् ।

प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो ।

नेकपा एमालेसँगको सहमतिअनुसार सुदूरमा नेपाली कांग्रेसले मुख्यमन्त्री पद लिने छ । त्यहाँ पूर्वमुख्यमन्त्री कमल शाह र सांसद प्रकाश देउवासहितका नेताहरू मुख्यमन्त्रीको दौडमा छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

विश्वासको मत लिन डाकिएको बैठकमा सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन् । नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर १४ जनाको समर्थन थियो । त्यहीकारण सोडारीले संसद्मा बोलेर राजीनामा दिएका हुन् ।

उनको विपक्षमा कांग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य थिए । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन केन्द्रीय सत्ता समीकरणअनुरूप नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रञ्जिता श्रेष्ठ चौधरी पक्ष र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त सोडारीले ३ महिना पुग्दानपुग्दै पदबाट राजीनामा दिनुपरेको हो ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठन वा कायमका लागि कम्तीमा २७ सांसदको आवश्यकता पर्छ । त्यसबेला मुख्यमन्त्री सोडारीको पक्षमा ठ्याक्कै २७ सांसद थिए ।

उनको दल एकीकृत समाजवादीका ४ सहित माओवादी केन्द्र र एमाले १०-१०, नाउपाका २ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थन पाएका थिए । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि सरकार ढल्यो ।

सुदूरपश्चिम सरकारले असार १ गते सार्वजनिक गरेको बजेट पारित हुन सकेको छैन । साउन १ गतेदेखि प्रदेश सरकार बजेट होलिडे रहेको सरकारी खर्च ठप्प छ । एमालेले छाडेपछि अल्पमतमा पर्दा सोडारीले बजेट पास गर्न सकेनन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ५० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका