राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, पहिलो निर्णय लुम्बिनी विकास कोषबारे « Khabarhub

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, पहिलो निर्णय लुम्बिनी विकास कोषबारे


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी विकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी विकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउन ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

को हुन् राज्यमन्त्री चौधरी ? 

नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका  झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए ।

२२ वर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा चर्चित छन् ।

उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यस पटक पनि निर्वाचित हुन सकेनन् ।

`हारजित मेरो लागि ठुलो कुरा होइन, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ’, उनले भने, ‘आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन, म मेरो समाज परिवर्तन गर्ने, विकास गर्ने र संवृद्ध बनाउने आन्दोलनमा अत्यन्तै सङ्घर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिको इमान्दारीता र समाजप्रतिको  जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमोदन गरेर नागरिकहरूले यहाँसम्म ल्याउनु भएको छ ।´

समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् ।

`मेरो  लागि मन्त्री बन्नु ठुलो कुरा होइन । तर, हिजो आमनागरिक भएर, एउटा अभियन्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनोभावना, चाहाना र आकाङ्क्षा सँगसँगै राज्यको समग्र विकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ´, उनी भन्छन्, `अब मन्त्रीको कुर्सीमा बसेर मैले मेरो अधिकार र प्रचलित  कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमानपूर्वक  जनताको पक्षमा काम गर्नेछु ।´

-न्युजकारखानाबाट

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ०७ बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम