सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन | Khabarhub Khabarhub

सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व सङ्कलन


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु ६८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु ६८ लाख मात्रै सङ्कलन भएको जानकारी दिए।

यहाँ आव २०७९/८० मा रु ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा करिब रु ४३ लाखसम्म मात्रै सङ्कलन भएको थियो । दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए ।

घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ ।

यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ । आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ५२ बजे

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स),

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय