एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी | Khabarhub Khabarhub

एकदिवसीय श्रृङ्खला : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको हो ।

भारतका लागि रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए । त्यस्तै अक्षर पटेलले ३३ ,केएल राहुल ३१ , शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन/तीन विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरे । ६५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै पाथुम निसान्काले ५६ रन जोडे । वानिन्दु हसरंगाले २४ रन जोडे । बलिङतर्फ भारत अक्षर पटेल र अर्सदिप सिंले २/२ विकेट लिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ५९ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा