आज २०८१ साल भदौ १७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ १७ गते सोमबारको राशिफल


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ १७ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर २ तारिख। भाद्र कृष्ण पक्षको औंसी तिथि। बुवाको मुख हेर्ने दिन। कुसे औंसी। गोकर्ण स्नान। मोती जयन्ती जस्ता पर्व र अवसर आज परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको श्रमबाट नाम, दाम र सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको संगठन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ।

वृष : स्वदेशमा लगानीका सम्भावना पत्ता लगाएर रमाउने दिन छ। तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन्। परिवारको सल्लाह र सुझाव तपाईंको लागि महत्त्वपूर्ण हुनेछ। राजनीतिक क्षेत्रमा चर्चा गरेर दिन सहजै बित्नेछ।

मिथुन : बन्धुसँग भेट हुनेछ। हात हतियार सम्बन्धी तालिममा तपाईंले अगुवाइ गर्नुपर्नेछ। राज्यलाई हातहतियारको सुरक्षाको विषयमा प्रशिक्षण दिने अवसर मिल्नेछ। परिवारले शंका गरे पनि साथीभाइसँगको संगतले दिन रमाइलो बन्नेछ।

कर्कट : आज धनलक्ष्मी योग परेको छ। लगानी र श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। लगानीका क्षेत्रमा अवसर प्राप्त भए हिम्मत गर्नुपर्नेछ। विदेशको रमझमले मन तान्नेछ। खानपानमा ख्याल नगर्दा रोग थपिने छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने दिन छ।

सिंह : निजी समस्याको समाधान हुनेछ। भोलिका लागि कार्ययोजना बन्नेछन्। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

कन्या : राज्यको तर्फबाट भय हुनसक्ने देखिन्छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। बोलीलाई नियन्त्रण गर्न सके ठुलो संकट टर्नेछ। शिक्षाको लगानीबाट सन्तोष प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

तुला : आम्दानीका स्रोत सबल छन्। समाजमा बौद्धिक टकराब हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको चर्चा हुनेछ। हल्ला गर्ने साथीसँग सचेत बन्नु राम्रो होला। परिवारको भने सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। सामाजमा मान र सम्मान मिल्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। समाजका अगुवाको सल्लाह लिएर हिँड्दा फाइदा होला। परिवारसँगको भेटघाट रमाइलो बन्ने योग छ।

धनु : साना कुरामा अलमल नगर्नु राम्रो हुनेछ। आज तपाईंको ठुलो काम बन्ने योग छ। राज्यको सेवामा भए तपाईंको बढुवा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। परिवारको साथमा दिन सहजै बित्नेछ।

मकर : तपाईंको कार्यशैलीमाथि नकारात्मक टिप्पणी हुनेछ। विपक्षी समूह संगठित भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा सफलता मिल्नेछ। परिवारमा एक अर्काको कुरा नबुझ्दा खटपटी बढ्नेछ।

कुम्भ : बौद्धिक साथी तपाईंको विपक्षमा हुनेछन्। सानोसाने लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। राज्यको तर्फबाट मान र सम्मान मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : महत्त्तवपूर्ण कामको सुरुवात हुनेछ। प्राविधिक क्षेत्रमा बढी नै झुकाव रहँदा धार्मिक विषय छायामा पर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ५ : २२ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक