एकीकृत जाँचचौकी व्यवस्थित गर्न पहल गर्छु : प्रचण्ड « Khabarhub

एकीकृत जाँचचौकी व्यवस्थित गर्न पहल गर्छु : प्रचण्ड


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बाँके– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका प्रचण्डले आज बिहान नेपालगञ्ज आईसीपीको स्थलगत अवलोकन गर्दै यसलाई प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बताए । उनले गौरव गर्न लायक संरचना निर्माण भएको समेत बताए ।

आईसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आईसीपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आईसीपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उनले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको बताए ।

अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आईसीपीका बारेमा जानकारी गराएका थिए ।

आईसीपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवासगृह निर्माण गरिएको छ ।

भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आईसीपी निर्माण भई सञ्चालनमा आएको छ । सो अवसरमा पूर्वअर्थमन्त्री एवं पार्टी उपमहासचिव वर्षमान पुनलगायत नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १० : २९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ

दुई अतिवादीको चपेटामा झापा-५ , भुइँको लोभमा पोल्टाको नगुमोस्

यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा-५

अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी : गगन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।