क्रिकेट

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इंग्ल्याण्डको लगातार दोस्रो जित

By खबरहब

September 02, 2024

काठमाडौं– इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यस टेस्टमा श्रीलंकाले पहिलो इनिङ्गमा २३६ रन बनएको थियो भने इंग्ल्याण्डले पहिलो इनिङ्गमा ३५८ रन बनाएको थियो ।

त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ रन बनाएर आलआउट भएपछि इंग्ल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि ३ खेलको सिरिज इंग्ल्याण्डले २–० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुनेछ ।