लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल « Khabarhub

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले दिगो विकासको लक्ष्यलाई पूरा गर्ने सन्दर्भमा समितिले तदारुकता र सक्रियताकासाथ काम गरेको घटना स्मरण गराए।

उनले भने, ‘दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकार र संसद्का अतिरिक्त सरोकारवाला सबै निकायको तदारुकता र समन्वयको खाँचो छ, सहयोग र समन्वयको अभावमा एउटा योजनामा तीन तहकै सरकार तथा बेग्लाबेग्लै मन्त्रालयको बजेट परेको छ ।’

दिगो विकासका लागि अत्यावश्यकीय शर्त शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी निवारण, सूचना तथा सञ्चारलगायत क्षेत्रमा केही प्रगति भएजस्तो देखिए पनि गुणस्तरको प्रश्न गम्भीर रूपमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले तथ्यांकमा अब्बल देखाउने होडबाजीले वास्तविकता ओझेलमा परिरहेको धारणा राखे।

समितिका सभापति कमलादेवी पन्तले दिगो विकासको लक्ष्य प्राप्तिलाई प्रचारप्रसार मात्र सीमित नतुल्याई परिणाममुखी बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याए ।

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले केन्द्रमा मात्र नभई कतिपय प्रदेश र स्थानीय तहमा आर्थिक अनुशासन उलङ्घन हुनेगरी विनियोजित शीर्षकभन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्ति बढेको उदाहरण प्रस्तुत गरे ।

राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले दिगो विकासको लक्ष्य प्राप्तिको स्रोत अनुमान र मध्यकालीन खर्च व्यवस्थानका विषयमा विभिन्न कोणबाट गृह कार्य गरिरहेको बताए। उनले परम्परागत र सरकारी राजस्वले मात्र लक्ष्यप्राप्ति गर्न नसक्ने भएकाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाइदिन जरुरी रहेको धारणा राखे ।

दिगो विकासको लक्ष्यसम्बन्धी विषयविज्ञ राकेश कर्णले राज्यले प्रत्येक वर्ष राजस्वको लक्ष्य बढाउँदा सेवाको गुणस्तर बढाउने कार्यक्रम तर्जूमा गर्नुपर्ने आवश्यकता रहेको बताए। यसअघि बैठकमा समितिका सदस्यहरूले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार र संसद्बीच साझा धारणा तथा समन्वयको खाँचो औँल्याए ।

समितिले गरेको नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयनको स्थिति अध्ययन तथा मूल्यांकनसम्बन्धी प्रतिवेदनमा बजेट अनुशासन पालना एवं संकेतीकरण प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा लक्ष्यसँग सम्बन्धित सूचकको प्रगति प्रतिवेदनका लागि प्रणालीको विकास गर्न तथा राजनीतिक अपनत्व विकास गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ६ : ४० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो