नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्ने गरी काम गर्छौँ : मन्त्री दाहाल | Khabarhub Khabarhub

नारायणगढ-बुटवल सडकको काम एक वर्षमा सक्ने गरी काम गर्छौँ : मन्त्री दाहाल


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्ने गरी सरकार अघि बढेको बताएका छन्  । आज एक कार्यक्रममा उनले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकार अघि बढेको बताए ।

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । ‘सडक निर्माणको काम सुरु भएको लामो समय भइसकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ’, उनले भने।

मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने,’सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।’

उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रस्ट पारे । मन्त्री दाहालले भने, ‘बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्र गतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्छ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।’

यसै गरी उनले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख लाइसेन्स बनिसकेको बताए ।

मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के—के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले रेलमार्गको अध्ययनका लागि बर्सात सकिएपछि काम सुरु हुने बताए  । रेलमार्गको रेखाङ्कन भए पनि बैङ्कले ऋण प्रवाह नगर्ने, जग्गा खरिद बिक्री नहुनेजस्ता समस्याका कारण स्थानीय आक्रोशित भइरहेको सुनाए । सचिव शर्माले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मन्त्रालयले रेलमार्ग निर्माण गर्ने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : ३४ बजे

‘जनयुद्ध’को वैधानिकतामा सवाल – दोष अदालतको कि प्रचण्डको ?

काठमाडौं – ‘जनयुद्ध’ शब्दलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा तिक्ततापूर्ण

सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना

यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी

पाँच महिनामा झन्डै ६ खर्बको आयात

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ