अवैध लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित पाँच जना पक्राउ


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।

जसमा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्‍चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ ।

त्यस्तै रुपन्देहीको सियारी गाउँपालिका-२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चिल्हियाबाट  खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी, झापाको गौरादह नगरपालिका-३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रुपैयाँ सहित कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दीपेन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १ : ४४ बजे

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६