मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत « Khabarhub

मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चारजना सहभागी भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमालेबाट चारजनाले मन्त्री पदको शपथ लिएका हुन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी र स्वास्थ्य मन्त्री कृष्ण पाठकले शपथ लिए ।

कृषिमन्त्री बनेकी जिसी नवलपुर २ (१) की सांसद हुन् । उनी २०४८ देखि राजनीतिमा सक्रिय छिन् । अर्कातिर पर्वत (२) बाट निर्वाचित बस्याल एमालेका पाका नेतामा पर्छन् ।

उता बागलुङका पाठक समानुपातिक सांसद हुन् । मसालबाट राजनीति यात्रा थालेका उनी २०४१ पछि माले हुँदै एमालेमा सक्रिय छन् । केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजनीति गरेर २०४७ सालमा एमाले बनेका थिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय फुटाएर ७ बाट ९ बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए ।

मु‍ख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका थिए ।

गण्डकीमा सत्तासाझेदार दल एमालेले चार मन्त्रालय खोजेपछि तनाव भएको थियो । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मनाउन मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा दिएका हुन् ।

मनाङे र देवकोटा यथावत

यसैबीच मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारमा यथावत राखेका छन् ।

उनको यो अडानले गण्डकीमा बिच्किएको एमालेलाई उसले भनेको संख्यामा मन्त्रालय दिएर देवकोटाले दुवैजनालाई राख्न सफल भएका हुन् ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका छन् भने अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न सफल भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष