इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले सुनाए कार्ययोजना « Khabarhub

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले सुनाए कार्ययोजना


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना सुनाएका छन् ।

सोमबार सिंहदरबारस्थित समितिको बैठकमा उनले सांसदहरूमाझ कार्ययोजना सुनाएका हुन्।

पण्डितले अनुमोदित भएर राजदूत भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हितका लागि नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवम् मजबुत बनाउन प्रयत्न गर्ने बाचा गरेका छन् ।

उनले सूचना प्रविधि र कृषिको क्षेत्रमा इजरायली विशेषज्ञबाट नेपालले धेरै राम्रो लाभ लिनसक्ने बताए । त्यसतर्फ युवाहरूलाई विशिष्ट तालिम तथा प्रशिक्षणको अवसर ल्याउने पनि उनले बताए ।

वैदेशिक रोजगारीका लागि इजरायल आकर्षक गन्तब्य रहेको बताउँदै पण्डितले यसमा पनि सुधारका लागि काम गर्ने आश्वासन दिए ।

प्रस्तावित राजदूत पण्डितले नेपालीलाई कृषि क्षेत्रको अध्ययन, भ्रमणको थप अवसरका लागि पहल गर्ने बताएका छन् । जनशक्ति विकास, लगानी, पर्यटन र सहयोगको क्षेत्रमा इजरायलसँग काम गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  २ : ४३ बजे

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको

प्रचण्डको स्वीकारोक्ति : पद प्राप्तिको होडबाजीले कम्युनिस्टहरूमा विचलन आयो, गल्ती नै यहीँ भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय

डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक : मन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि