‘यो सरकार ०८४ सम्मै जान्छ, चुनावमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ’ | Khabarhub Khabarhub

‘यो सरकार ०८४ सम्मै जान्छ, चुनावमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुन्छ’


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जाने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

उनले असार १७ गतेको समहतिअनुसार यो सरकारले आगामी चुनावसम्मै निरन्तरता पाउने बताए । ‘यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहान्छौँ’, उनले भने, ‘आवश्यकताअनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ ।’

पाण्डेले चुनाव अघिसम्म यो सरकारले निरन्तरता पाएपछि ०८४ मा कांग्रेस र एमालेले प्रतिस्पर्धा गर्ने बताए । ‘०८४ को चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘कांग्रेस-एमाले मिलेर आवश्यकता अनुसार जोखिम मोल्न चाहान्छौँ ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उक्त कार्यक्रममा बताएका छन् ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ’, उनले भने ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिए। उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि लुम्बिनीमा हुँदै

बुटवल– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप

च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज

काठमाडौं – आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड

पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज

म्याग्दी– धवलागिरि गाउँपालिका– ३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा

दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ– सूर्य नेपाल प्रालिले तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग