सञ्चारमन्त्री भन्छन्- संघीय सरकारका अधिकारी तल अधिकार दिनै चाहँदैनन् | Khabarhub Khabarhub

सञ्चारमन्त्री भन्छन्- संघीय सरकारका अधिकारी तल अधिकार दिनै चाहँदैनन्


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारका अधिकारीहरूले आफ्नो अधिकार हत्तपत्त तल दिन नचाहँदा संविधानमा व्यवस्था भएको प्रहरी समायोजन लगायत काम हुन नसकेका बताएका छन् ।

सोमबार राष्ट्रिय समाचार समितिको नेपाली भाषाको २४ घण्टे समाचार सेवा प्रारम्भ गर्दै मन्त्री गुरुङले प्रहरी प्रमुखहरूले राष्ट्रिय सुरक्षाको कारण प्रहरी समायोजन हुन सक्दैन भनी विदेशीसमेत सहभागी कार्यक्रममा भनेको विषयलाई लिएर आफूले उनीहरूको त्यसै समय जिब्रो थुत्नु पर्थ्यो भनेर भनेको सुनाए ।
‘यसले अहिले तरङ्ग पैदा भएर चर्को भएको छ’, गुरुङले अगाडि भने ।

यस विषयमा आफूलाई प्रधानमन्त्रीले पनि सचेत गराएको बताउँदै गुरुङले पाठ सिकेको बताए ।

यसबाट आफूले बोल्ने कुरामा सचेत हुनु पर्छ भन्ने पाठ सिकोको गुरुङले स्पष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो बोल्न र भाषाको प्रयोग गर्दा ध्यान दिन आफूलाई सुझाव दिको बताउँदै गुरुङ अब त्यसै गर्ने बताए ।

कार्यक्रममा बोल्दै गुरुङले आफूले एक सय दिनमा गर्ने भनेका काममध्ये २ वटा सम्पन्न गरेको जानकारी दिए । राससबाट २४ घण्टे समाचार सेवा प्रवाह गर्ने काम त्यसमध्येको एक भएको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ३७ बजे

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी