भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा « Khabarhub

भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा

भने- वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् ।

आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो ।

नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए ।

तर यस्तोमा मनाङले भौतिकबाट वनतिर सरुवा गरिएपछि राजीनामा दिएका हुन् । ‘वन मन्त्रालयमा जान्न, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि ! त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’

एमालेका चार मन्त्रीले शपथ लिँदा मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई यथावत राखेका थिए । तर गुरुङले गतिलो मन्त्रालय नपरेको भन्दै पद छाडेका हुन् ।

एमालेले देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटा दिन भनेको थियो । तर पाण्डेले दुई मन्त्रालय फुटाएर एकातिर एमालेलाई मनाएका थिए । अर्कातिर मनाङे र देवकोटालाई पनि साथमै राख्न चाहेका थिए । भौतिक चलाइरहेका मनाङेले वन नलिने घोषणासहित राजीनामा दिएका हुन्।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : ५३ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज