फिल्म ‘देवी’ : माइक्रो ड्राइभरहरूको ‘ग्याङ रेप’बाट उब्जिएको कथा ! « Khabarhub

फिल्म ‘देवी’ : माइक्रो ड्राइभरहरूको ‘ग्याङ रेप’बाट उब्जिएको कथा !


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कारजन्य घटनाको अनुसन्धानमा राजनीतिक शक्तिले पार्ने प्रभावको बारेमा बनेको फिल्म ‘देवी’ भदौ २१ बाट प्रदर्शनमा आउँदै छ ।

फिल्मका निर्देशक एवम् लेखक सञ्जोग राईका अनुसार यो फिल्मले तीन प्रकृतिको बलात्कारका घटनालाई उठान गरेको छ । यो फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको बताइएको छ ।

यो फिल्म निर्माणको जग सन् २०१७ मा ललितपुरको हरिसिद्धिमा १३ वर्षीया मानसिक बिमारीमाथि चार माइक्रो ड्राइभरले गरेको सामूहिक बलात्कारको घटना रहेको निर्देशक राई बताउँछन् ।

भन्छन्, ‘ती बालिकालाई ७ दिन बन्धन बनाएर ग्याङ रेप भएको घटनाले मलाई बिछिप्त बनायो । यस्ता विषयमा फिल्म बनेर जनतालाई देखाउनुपर्छ भन्ने लागेर योजना अगाडि बढेको हो ।’

यो घटनालाईसमेत काल्पनिक स्वरुप दिएर फिल्ममा समावेश गरिएको निर्देशक राई खुलाउँछन् । भन्छन्, ‘हामीले वास्तविक घटना काल्पनिक रुपमा प्रस्तुत गरेका छौं ।’

बाँकी दुई घटनाबारे थाहा पाउन भने दर्शक हलसम्म नै पुग्नुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘हामीले घटना काल्पनिक रुपमा पर्दामा देखाएका छौँ । ठाउँको होइन, व्यक्तिको मानसिकताको घट्ने घटना भएकाले घटनास्थान खुलाएका छैनौं ।’

स्क्रिप्टका लागि ३६ जना पीडितसँग कुराकानी, वकिल–न्यायाधीशसँग छलफल र ६ जिल्ला पुगेर बलात्कारका घटनाबारे अध्ययन गरेको उनको दाबी छ ।

त्यसक्रममा भेटेका दुई घटनाले ‘देवी’ फिल्म बनाउन थप झकझक्याएको उनको भनाइ छ ।

बाँकेको ‘सिरियल रेपिस्ट’ : बलात्कारको घटनाबारे अध्ययन गर्ने क्रममा बाँकेको एक ‘सिरियल रेप’को घटनाले आफूलाई फिल्म बनाउन अझ भावुक बनाएको उनलाई महसुस हुन्छ ।

भन्छन्, ‘उसले आठ महिलालाई बलात्कार गरेर हत्या गरेको रहेछ । ऊ भागेर भारत गएछ । धेरैपछि ऊ पक्राउ परेको रहेछ ।’

सप्तरीका पीडित : बाँकेभन्दा पनि बढी सप्तरीका बलात्कार घटनाले आफूलाई पीडा दिएको उनी बताउँछन् ।

उजुरी दर्ता नगरी पाँच हजारभन्दा कम पैसामा गाउँमै बलात्कारको घटना मिलापत्र हुनु यो फिल्म निर्माण पछाडिको प्रमुख कारण रहेको निर्देशक राई बताउँछन् ।

भन्छन्, ‘दर्ता नै नहुने विषय चाहिँ मलाई पीडा भएको थियो । प्रायः घटना यसरी नै मिलापत्र गरिएको रहेछ । कति नाबालिकाहरु पीडित छन् ।’

‘देवी’बारे
हिन्दू संस्कारमा छोरीलाई देवीमा रुपमा मान्ने गरिन्छ । कथित देवीमाथि हुने निर्मम अन्यायमा आधारित कथामा फिल्म बनेकाले शीर्षक ‘देवी’ राखिएको निर्देशक राई बताउँछन् ।

अत्याचारमा परेका महिलाहरु विद्रोहमा उत्रिएको दिन राज्य सत्ता नै संकटमा पुग्छ भन्ने यस फिल्मको सन्देश रहेको उनी बताउँछन् ।

यस फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

फिल्मको कथा निर्देशक राई र अजय गौतम मिलेर लेखेका हुन् ।

निर्माताहरु रेमन गुरुङ र सञ्जोग राई हुन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण टिमले प्रदर्शनका लागि बाँसुरी फिल्मस्सँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : १५ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर