इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी | Khabarhub Khabarhub

इन्ट्रा कप अमेरिकी फुटबलमा सांग्रिला विजयी


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको ३० वर्ष मुनिका युवातर्फको उपाधि सांग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिंग कप जितेको छ ।

त्यसैगरी ४० बर्षमुनिका सिनियर युथसमूहबाट एफसी रिभाइभल, ४० बर्षमाथिका भेटान्सतर्फ कोलम्बस भेटान्स र महिलातर्फ नर्थ डकोटा साइनिंग स्टार विजयी भएका छन् । उनीहरूले क्रमशः, १० हजार, १० हजार र ८ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीहरूका लागि मात्र यी खेलहरू आयोजना गरिएको थियो ।

अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा सेप्टेम्बर १ तारिकमा सम्पन्न भएका यी खेलका बिजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गरेका थिए ।

यी खेलहरूमा उपविजेता हुने टिमले क्रमशः १० हजार, आठ हजार र ५ हजार प्राप्त गरेका छन् । युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिंग कपको लागि भने लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम बनाइएको छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसहितले पुरस्कार हस्तान्तरण गरेका थिए ।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली जातिको दर्शकहरूको समेत ठूलो उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएको आयोजनास्थलका संयोजक चन्द्र पराजुलीले जानकारी दिए ।

जसमा ३० बर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी थिए ।

४० बर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स थिए ।

त्यसैगरी ४० बर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिस्पर्धा छ । महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

फाउण्डेसनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूल एवं नेपाली जातिका खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ०३ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका