थप चारजना राजदूतको सुनुवाइ, कसले गरे कस्तो प्रतिबद्धता ? | Khabarhub Khabarhub

थप चारजना राजदूतको सुनुवाइ, कसले गरे कस्तो प्रतिबद्धता ?


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूमध्ये थप चार जनाको सुनुवाइ गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको हो ।

इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले अन्तर्राष्ट्रिय सन्धि सम्झौता र राष्ट्रको हितका पक्षमा काम गर्ने बताए । उनले इजरायलमा कृषि क्षेत्रका अनुसन्धान र अध्ययन गर्नका लागि थप अवसर सिर्जनका लागि पहल गर्ने समेत धारणा राखे । वैदेशिक रोजगारीका लागि पनि इजरायलमा अवसर सिर्जनका लागि पनि आफूले आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

त्यस्तै मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाले दुई देशबीच भएका श्रम सम्झौता तथा समझदारीहरूको कार्यान्वयन गर्न पहल गर्ने र प्रक्रियामा रहेका श्रम सम्झौताहरूलाई अन्तिम रूप दिन काम गर्ने बताए  ।

उनले कूटनीतिका नयाँ क्षेत्रहरू विस्तार गर्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने, दुई देशका सम्बन्धलाई थप प्रगाढ बनाउने जिकिर गरे ।

त्यस्तै पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले व्यापार, कृषि, पर्यटन, हवाई क्षेत्र लगायतका विषय लगायत राष्ट्रिय हितलाई प्रवर्द्धन गर्दै दुई देशबीचको सम्बन्धको आयामहरूलाई थप सुदृढ गर्ने धारणा राखे । नेपाल र पाकिस्तानबीच भएको शैक्षिक क्षेत्रको सहमतिहरूलाई कार्यान्वयनका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ ।

त्यस्तै पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले परम्परागत कूटनीति अभ्यास अन्तर्गत दुई देशबीच उच्च स्तरीय भ्रमण आदानप्रदान लगायतका माध्यमबाट पारस्परिक सम्बन्धलाई सुदृढ गर्ने बताए । द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्दै त्यसका माध्यमबाट विद्यमान सम्बन्धलाई थप सुदृढ गर्ने उनको भनाइ छ ।

यसअघि समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर, जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेती र भारतका लागि प्रस्तावित राजदूत डा. शङ्कर शर्माको संसदीय सुनुवाइ गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्यतालिका बनाएको छ । सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : २४ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी