भारतले सिरियालाई दियो १४ सय किलो क्यान्सरविरुद्धको औषधि « Khabarhub

भारतले सिरियालाई दियो १४ सय किलो क्यान्सरविरुद्धको औषधि


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई क्यान्सरको औषधि प्रदान गरेको छ । भारतले सिरियालाई १४ सय किलो क्यान्सरको औषधि प्रदान गरेको भारतको आवाज मिडियाले जनाएको छ ।

मानवीय सहायताका रूपमा सिरियालाई उक्त परिमाणको औषधि प्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यसै वर्षको मे महिनामा सिरियाली प्रथम महिला आस्मा असदलाई ल्युकेमिया नामक रगतको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसअघि सन् २०१९ मा पनि उनी स्तन क्यान्सरबाट निको भएकी थिइन् ।

यसबाट क्यान्सरविरुद्ध लड्न सिरिया सरकारलाई मद्दत पुग्ने भारतको विश्वास छ । दुई मुलुकबीचको सम्बन्ध ऐतिहासिक एवम् जनस्तरको रहेको भन्दै भारतले पछिल्ला केही वर्षयता सिरियाली युवाको क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ३५ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ