शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प | Khabarhub Khabarhub

शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यायको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ । गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताए ।

“विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” उनले भने, “शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन ।” अहिलेसम्म प्रद्यानाअध्यापकको टुङ्गो नलाग्दा नगर शिक्षक भर्ना गर्न नपाएको उनले बताए ।

“निमित्तका भरमा काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक भर्ना गर्न पाइएको छैन ।”

गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उहाँको भनाइ रहेको छ । उनका अनुसार विद्यालयमा सात सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक मात्रै कार्यरत रहेका छन् ।

आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उनले उल्लेख गरे । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्को विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उनले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ ।

विद्यालयमा शिक्षकको व्यवस्था गरिदिन माग गर्दै झण्डै १२ किलोमिटरको यात्रा पैदल चर्को घाममा तय गर्दै विद्यालयका विद्यार्थी आइतबार नगरपालिका कार्यालयमा पुगे । विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप लगाएका छन् । चर्को घाममा बसेका केही विद्यार्थीलाई मात्रै नगर प्रमुख कार्यकक्षमा बोलाएर छिट्टै शिक्षकको व्यवस्था गर्ने अश्वासन दिएर पठाइएको विद्यार्थीले बताए ।

नगरपालिका कार्यालयमा पुगेका विद्यार्थी रमेश पूजाराले तीन महिनादेखि पठनपाठन नहुँदा दुई साताअघि नगर प्रमुखलाई शिक्षको व्यवस्था गरिदिनका लागि दिएको निवेदनको वेवास्ता भएपछि बाध्य भएर नगरपालिकासम्म पुग्नुपरेको बताए । “शैक्षिक सत्र सुरु भए देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,” उनले भने, “हेडसर सरुवा भएपछि शिक्षक नहँुदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हुँदै आएको छ ।”

विद्यालयमा कक्षा नौमा पढ्दै आउनुभएकी छात्रा विनीता भट्टले शिक्षक व्यवस्था गरी नगरपालिकाले समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए ।

गुणस्तरीय शिक्षाको नारा दिएर शिक्षक सरुवा गरेको नगरपालिकाले विद्यालयको पठनपाठन चौपट पारेको आरोप अभिभावकको छ । “छिटोभन्दा छिटो शिक्षको व्यवस्था गरी पठनपाठन गर्नुपर्छ,” स्थानीय अभिभावक प्रकास भट्टले भने, “विद्यालयमा भर्ना भएका विद्यार्थीको भविष्य वर्वाद पार्ने अधिकार कसैलाई छैन ।” शिक्षक सरुवा गर्ने व्यवस्था गर्न नसक्नु विडम्बना भएको उहाँको भनाइ रहेको छ ।

यसअघि श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका पुगेका थिए । नगर शिक्षकका लागि सामुदायिक विद्यालयले तीनदेखि चार पटकसम्म दरखास्त आह्वान गरे पनि प्रर्याप्त निवेदन नपर्ने र निवेदक परीक्षमा उत्तीर्ण नहुँदा शिक्षकको समयमै व्यवस्था नगरपालिकाले गर्न सकेको छैन ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्नका लागि दरखास्त दिएका परीक्षार्थीको परीक्षा भदौ २० गते हुने भएको बताए । “शिक्षकको व्यवस्था छिट्टै हुन्छ,” उनले भने, “प्रअ नियुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरी सकेको छ ।”

विद्यालय व्यवस्थापन समितिले राष्ट्रिय माध्यमिक विद्यालयबाट सरुवा भएर आएका शिक्षक वीरेन्द्र सिंह साउदलाई प्रध्यानाअध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ५८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन