नेपाल बारको आन्दोलन तत्काललाई स्थगित « Khabarhub

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएशनको आन्दोलन तत्काललाई स्थगित भएको छ ।

न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार भएको वार्तापछि आन्दोलन तत्कालका लागि स्थगित भएको हो । वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समन्वय समितिसँगको वार्तामा नेपाल बारका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सहभागी भएका थिए ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत, न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, महासचिव अधिवक्ता अन्जिता खनाल र सदस्य सचिवमा न्याय परिषद्का सचिव यम बहादुर बुढामगर रहने गरी कार्यदल गठन भएको नेपाल बारले जनाएको छ ।

वार्ताबाट निकास निकाल्नका लागि न्यायपरिषद् तयार भएपछि नेपाल बारले तत्काललाई तय भएका थप विरोधका कार्यक्रम भने स्थगित गरेको महासचिव खनालले जानकारी दिइन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : २८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले