इजरायल र हमासबीच युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित « Khabarhub

इजरायल र हमासबीच युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताएका हुन् ।

साथै उनले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताए । बैठकमा उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्नेछौं । मेरो कलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तीमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर संयुक्त रूपमा काम गर्न सक्यौँ भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछौँ । ’

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : ५६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले