च्याम्पियन्स लिगमा गोलको वर्षा : सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल « Khabarhub

च्याम्पियन्स लिगमा गोलको वर्षा : सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल

बार्सिलोना, इन्टर मिलान, सिटी र ब्रेस्टको प्रभावशाली जित


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ च्याम्पियन्स लिग संरचनामा आर्सनलले पहिलो जित हात पारेको छ। इमिरेट्स रङ्गशालामा मंगलबार भएको खेलमा आर्सनलले पेरिस सेन्ट जर्मन (पिएसज)लाई २-० ले हरायो।

काइ हाभेर्टेजले हेड गोलमा २० औँ मिनेटमा गरेको हेड गोलमा पहिलो अग्रता लिएको आर्सनलका बुकायो साकाले गरेको कर्नर प्रहार ३५ औँ मिनेटमा गोलमा परिणत भएको थियो।

डर्टमन्डको ७ गोल
यस च्याम्पियन्स लिगमा जर्मन क्लबले फराकिलो अन्तरको जित हात पार्ने क्रमलाई निरन्तरता दिँदै बोरुसिया डर्टमन्डले सेल्टिकलाई ७-१ ले हरायो। सेल्टिकको यो सिजनको पहिलो हार समेत हो। डर्टमन्डका लागि कारिम आडियामीले ह्याट्रिक गरे। इम्रे कान सुरुवातमै अग्रता दिलाएको खेलमा डर्टमन्डका लागि सेराउ गुइरेसीले २ गोल गरे। अर्को गोल फेलिक्स एनमेचाले गरे। सेल्टिकको डाइजन मेडाले गोल गरे।

 

बार्सिलोनाको ५ गोल
अर्को खेलमा बार्सिलोनाले फराकिलो अन्तरको जित हात पारेको छ। रोबर्ट लेडवास्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले यङ ब्वाइजलाई ५-० ले हरायो। आठौँ मिनेटमा राफिन्हाको क्रसमा लेडवास्कीले पहिलो गोल गरेका थिए। पेड्रीको प्रहार विपक्षी गोलरक्षकले रोकेपछि रिबाउन्डमा नै राफिन्हाले अर्को गोल गरेका थिए। इनिग्रो मार्टिनेजको गोलमा घरेलु टोली बार्सिलोना पहिलो हाफमा ३-० को अग्रता लिन सफल भएको थियो।

दोस्रो हाफको छैटौँ मिनेटमा मार्टिनेजको सहयोगमा लेडवास्कीले अर्को गोल गरे भने ८१ औ मिनेटमा मोहम्मद अलि कमाराले आत्मघाती गोल गरे।

सिटीको ४-० को शानदार जित
स्लोभान ब्राटिस्लाभासँगको खेलमा म्यानचेस्टर सिटीले ४-० को जित हात पारेको छ। गत सिजन पिएफए फुटबलर अफ द इयर भएका फिल फोडान यसै खेलबाट फर्ममा आएका छन्। १५ औँ मिनेटमा आफैले गोल गरेका उनले ७४ औँ मिनेटमा जेम्स म्यकटीका लागि गोलको अवसर सिर्जना गरिदिएका थिए। इलकाये गुगगोडानको गोलमा आठौँ मिनेटमा अग्रता लिएको सिटीका लागि एर्लिङ हलान्डले ५८ औँ मिनेटमा गोल गरे।

रेड स्टारमाथि इन्टरको ४ गोल
घरेलु भूमिमा भएको खेलमा इन्टर मिलानले रेड स्टार बेलग्रेडलाई ४-० ले हराएको छ। हाकन काग्लेनाउगुले ११ औँ मिनेटमा प्रहार गरेको घुमाउरो फ्रिकिक गोलमा परिणत भए पछि इन्टरले पहिलो गोलको अग्रता लिएको थियो। ५८ औँ मिनेटमा मार्को अर्नाउटोभिकले अर्को गोल गरेका थिए। सो गोलका लागि अवसर सृजना गरिदिएका मोहम्मद तारेमीमै सहयोगमा ७१ औँ मिनेटमा लाउटारो मार्टिनेजले इज्टरका लागि अर्को गोल गरे। तारेमीले ८१ औँ मिनेटमा आफैले गोल गरेका थिए। गत महिना सिटीसँग भएको च्याम्पियन्स लिगको पहिलो खेलमा इन्टरले गोल रहित बराबरी गरेको थियो।

अर्को खेलमा वायर लिभरकुसेनले एसि मिलानलाई १-० ले हरायो। लिभरकुसेनका लागि ५१ औँ मिनेटमा भिक्टर बोनिफेसले गोल गरे।

च्याम्पियन्स लिगमा फ्रान्सेली टोली ब्रेस्टको पनि उत्कृष्ट सुरुवात कायम छ। ब्रेस्टले रेडबुल स्राजबर्गलाई अवे खेलमा ४-० ले हरायो। ब्रेस्टका लागि अब्दला सिमाले २ गोल गरे। यसैगरी महदी कामरा र माथिस पेरिरा लागेले गोल गरे। स्टुगार्ट र स्पार्टा प्रागबिचको खेलमा १-१ गोलको बराबरी भयो। स्पोर्टिङ सिपी र पिएसभी आइन्डहोभेन बिचमा खेलमा पनि १-१ गोलको बराबरी भएको छ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ४७ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे