सबै निकायलाई ‘हाइ अलर्ट’मा रहन गृहमन्त्रीको निर्देशन « Khabarhub

सबै निकायलाई ‘हाइ अलर्ट’मा रहन गृहमन्त्रीको निर्देशन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार ‘हाइ अलर्ट’मा रहन सबै निकायलाई निर्देशन दिएका छन्।

उनले आज र भोलि देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सोही अनुसार सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु’, उनले भने।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ४९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा