प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ : सुरुमै उठ्यो डिभोर्सको कुरा, सुनाए २४ बुँदे कार्ययोजना | Khabarhub Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ : सुरुमै उठ्यो डिभोर्सको कुरा, सुनाए २४ बुँदे कार्ययोजना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ थालिएको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका राउतको बुधबारदेखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको हो।

राउतविरूद्ध समितिमा विभिन्न व्यक्तिले ६ वटा उजुरी हालेका छन् । संसदीय सुनुवाइ समितिले राउतविरूद्ध १० दिनको समयसहित उजुरी मागेको थियो ।

उनीविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी परेक‍ा छन् ।

चितवन निवासी एकजना महिलाले जग्गासम्बन्धी विवादमा राउतको फैसलाले आफूलाई बिल्लीबाठ पारेको गुनासोसहित समितिमा उजुरी दिएकी छन् ।

२०७९ मंसिर ६ गतेको निर्वाचनका दिन बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका चेतन अयडीका बुवा गगन अयडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला दिएको उजुरी दिएका छन् । उनले न्यायाधीश राउत कांग्रेसको कार्यकर्ता जस्तै रहेको भन्दै अनुमोदन नगर्न भनेका हुन् ।

राउतले बुधबार भएको सुनुवाइका क्रममा सबै आरोपको खण्डन गरेका छन् । न्यायालय सुधारका योजनासहित उनले २४ बुँदामा कार्ययोजना पेश गरेका छन् । मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्म सवाल समेटेर सुनुवाइ समितिमा योजना पेश गरेका हुन् ।

संसदीय सुनुवाइ समितिमा परिचय सत्रमै राउतले आफ्नो निजी जीवनबारे उठाइएका प्रश्नबारे जवाफ दिएका छन् ।

उनले श्रीमती र आफूबीचको सम्बन्ध सुमधुर हुन नसक्दा २०७७ मंसिर १० गते सम्बन्ध विच्छेद गरेको बताए । महिला अस्मिता, सम्मान र प्रतिष्ठाका लागि यो विषयलाई बढाउनु उचित नहुने उनले बताए ।

‘माननीयज्यूहरूलाई मेरो दाम्पत्य जीवनबारे संशय हुन सक्छ भनेर परिचयमै जोड्न चाहेको छु । दुर्भाग्यवश हाम्रो दाम्पत्य जीवन सुमधुर हुन सकेन । हामीले अलग–अलग बस्ने निर्णय गर्यौँ’, उनले भने, ‘२०७७ मंसिर १० गते डिभोर्स गर्यौँ । आज महिला अस्मिता, सम्मान र प्रतिष्ठाका लागि यो विषय यहाँभन्दा धेरै उजागर गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।’

प्रस्तावित प्रधानन्यायाधीश राउतकी श्रीमती ललिता कुमारीले अर्काको बच्चलाई आफ्नो भनेर जन्मदर्ता गराएको आरोप लागेको थियो । प्रस्तावित प्रधानन्यायाधीश राउतका बुवाले दिएको उजुरीको आधारमा ललितालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि २०७७ मा उनीहरूबीच सम्बन्धविच्छेद भएको हो। प्रस्तावित प्रधानन्यायाधीश राउतकै मिलेमतोमा अर्काको बच्चा आफ्नो भनेर जन्मदर्ता गराएको आरोप लगाउँदै संसदीय समितिमा उजुरी परेको थियो ।

अधिवक्ताबाट न्यायाधीशको नियुक्ति लिइसकेपछि आफूले नौ हजार दुई सय ४५ मुद्दा फैसला गरेको पनि सुना । उनले विभिन्न समितिमा बसेर काम गरेको पनि सांसदहरूलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : २९ बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै