काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस « Khabarhub

काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

गान्धी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासले विशेष कार्यक्रम गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालीकमा माल्यार्पण गरेका छन् । उनले त्यसक्रममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उक्त क्रममा चर्चित ब्यान्ड सुरसुधाकी सरस्वती खत्रीले महात्मा गान्धीको समर्पणमा सांगीतिक प्रस्तुति दिएकी छन् ।

यो दिवसको कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी-तुलसी स्मारक महागुठीका सदस्यहरू पनि सहभागी भएका छन् । त्यसक्रममा राजदूत श्रीवास्तवले दूतावासभित्रका सरसफाइ कामदारलाई सम्मानसमेत गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ ।

अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ ।

अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ ।’ भनिएको छ । महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : ०६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर