रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने « Khabarhub

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ ।

देशभरका विभिन्न जिल्लामा जाने यात्रुको चाप जहाजमा बढेपछि सरकारले रात्रिकालीन उडान बढाउन लागेको छ । त्यसका लागि रात्रिकालीन उडान हुने सबै विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालनमा ल्याइने भएको छ ।

आगामी असोज ३० गतेसम्म बाढीपहिरो तथा चाडपर्वमा घर जाने यात्रुको चापलाई धान्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान साढे ४ बजेदेखि उडान भर्न पाउने व्यवस्था मिलाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाइ चापलाई सम्बोधन गर्न यस्तो कदम चालिएको बताए ।

‘घटस्थापनादेखि दशैंको पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थल बिहान ४:३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने) सम्म सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ’, उनले भने ।

देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छ ।

दसैँमा काठमाडौं छाड्ने ठूलो संख्याका यात्रुको चाप धान्ने गरी सबेरै बिहानदेखि विमानस्थलबाट उडान अनुमति दिइएको हो। मन्त्री पाण्डेले यस कदमलाई टिकटमा सहजता र भाडामा न्यूनताको वातावरण बनाउन चालिएको रुपमा ब्याख्या गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : १८ बजे

सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक

स्वदेशी तथा विदेशी लगानीमा विभिन्न काम भइरहेको ऊर्जा क्षेत्रमा केही

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार

गाउँघरमा हराउँदै परम्परागत पानीघट्टाको प्रचलन

भोजपुर– गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने

सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का

थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक– कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका