‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो « Khabarhub

‘बेहुली फ्रम मेघौली’लाई इतिहासकै उच्च शो


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘बेहुली फ्रम मेघौली’ले हालसम्मकै उच्च शोसहित प्रदर्शन हुने भएको छ । वितरकको भनाइअनुसार यस फिल्मले पहिलो दिन नै ३४० सो पाएको हो ।

विरतक कम्पनी डीसीएनका वितरण तथा मार्केटिङ प्रमुख दीपक दङ्गाल दाबी गर्छन्, ‘यो फिल्मले इतिहासकै बढी शो पाएको छ । अहिलेसम्म यति धेरै शो पाएर फिल्म ओपनिङ भएको इतिहास छैन ।’

दङ्गालका अनुसार काठमाडौं तथा मोफसलका मल्टिप्लेक्स र सिंगल थिएटरमा गरी शो सङ्ख्या ३४० पुगेको हो । यसअघि ठूला ब्यानरका फिल्मले पनि यो सङ्ख्यामा ओपनिङ शो पाएका थिएनन् ।

गीत र ट्रेलरले यो फिल्म दर्शकको चासोमा परेको छ । साथै, यो साता प्रदर्शन हुने एक मात्रै फिल्म भएकाले यसले उच्च शो पाएको हो ।

शुक्रबार र शनिबारको वर्षाले अघिल्लो साता प्रदर्शन आएका दुई फिल्म हलबाट उतारिएको छ । यस फिल्मले उच्च शो पाउनुको अर्को कारण यो पनि हो ।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय र लगानी छ । निश्चिलको फिल्ममा ‘केही हुन्छ’ भन्ने दर्शकको बुझाइ रहेका कारण पनि ‘बेहुली फ्रम मेघौली’लाई फरक दृष्टिले हेरेको पाइन्छ ।

यस फिल्ममा निश्चल र स्वस्तिमासहित बसुन्धारा भुसाल, विजय बराल र सिमरन खड्का लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन–निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३५ बजे

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप