पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु « Khabarhub

पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु भएको छ ।

अरुवा सोना मन्सुली प्रतिकेजी  ६० तथा बासमती चामल प्रतिकेजी  ११८ का दरले मूल्य निर्धारण गरिएको छ । उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो पाँचले सस्तो हो । 

मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिए । सो सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ४९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही