अन्तर्राष्ट्रिय

फेसबुकमा लेखेकै आधारमा एक युवाविरुद्ध ईशनिन्दाको उजुरी 

By खबरहब

October 02, 2024

काठमाडौँ– पाकिस्तानमा फेसबुकमा स्टाटस पोस्ट गरेकै आधारमा एक जनामाथि ईशनिन्दाको उजुरी दर्ता भएको छ । पाकिस्तानी प्रहरीले फेसबुकमा पोस्ट गरेकै आधारमा चिचवतनीका २५ वर्षीय युवाविरुद्ध उजुरी दर्ता गरेको हो ।

गस्तीमा रहेका बेला प्रहरीका सहायक निरीक्षक शम्सउल हकर इमरान हैदर, प्रहरी हवल्दार मुदसिर जहाँगीर र सवारीचालक वकिल अहमदले ती व्यक्तिको फेसबुक पोस्ट देखेका थिए । पछि प्रहरीले उनीहरुको इस्लाम धर्मका पैगम्बर मोहम्मदको निन्दा गरेको भनिएको त्यस पोस्टको स्क्रिनसट लिएर यूएसबीमा सेभ गरेको थियो ।

ईशनिन्दाका आरोपीले यसअघि पाकिस्तानी सिनेटमा कामगरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ। हाल आरोपी फरार रहेको र उनको खोजी कार्य जारी रहेको पाकिस्तानी प्रहरीको भनाइ छ ।