कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए « Khabarhub

कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

उदयपुर- बाढीपहिरोको क्षतिबारे स्थलगत बुझेर प्रदेश राजधानी फर्किने क्रममा कोशीकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण भएको छ । लुटपाट गर्ने उद्धेश्यले एउटा समूहले राई सवार गाडीमा आक्रमण गरेको हो ।

भोजपुर र उदयपुरको सीमाक्षेत्र चुहारमा क्षतिबारे अवलोकन गरेर फर्किने क्रममा मंगलबार राति १० बजे अज्ञात समूहले उदयपुरको बेलका नगरपालिकाको सिरवानी क्षेत्रमा आक्रमण गरेको हो ।

राज्यमन्त्री राई सवार गाडीमा लुटपाट गर्ने उद्देश्यले भएको आक्रमणमा संलग्न ६ जनालाई उदयपुर प्रहरीले समातेको हो ।

राज्यमन्त्री राई सवार प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडीमा आक्रमण गरी लुटपाट गर्न खोजेको अभियोगमा उदयपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

राज्यमन्त्री राईले चुहारको झोलुंगे पुल, जोगेपाथर घारेको झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुल, निर्माणाधीन मोटरेबल सडकसहितमा भएको क्षतिको अवलोकन गरेकी थिइन् । त्यसपछि विराटनगर फर्किने क्रममा गाडीमा ढुंगा हानिएको थियो ।

गाडीमा राज्यमन्त्री राईसँग भोजपुरको आमचोक गाउँपालिका उपाध्यक्ष वसन्त राईसहित ७ जना थिए । तर आफूहरूलाई सडकमा छेकेर मार्ने उद्देश्यले १५ जनाको समूहले आक्रमण गरेको उनले बताइन् ।

राईका अनुसार खुकुरी, भाला र ढुंगासहितका उनीहरूले गाडी छेक्न सडकमा मुढा राखेका थिए । गाडी सरासर अगाडि बढाएपछि ढुंगा हानिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल