कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए | Khabarhub Khabarhub

कोशी प्रदेशकी राज्यमन्त्री सवार गाडीमा आक्रमण, ६ जना समातिए


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

उदयपुर- बाढीपहिरोको क्षतिबारे स्थलगत बुझेर प्रदेश राजधानी फर्किने क्रममा कोशीकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण भएको छ । लुटपाट गर्ने उद्धेश्यले एउटा समूहले राई सवार गाडीमा आक्रमण गरेको हो ।

भोजपुर र उदयपुरको सीमाक्षेत्र चुहारमा क्षतिबारे अवलोकन गरेर फर्किने क्रममा मंगलबार राति १० बजे अज्ञात समूहले उदयपुरको बेलका नगरपालिकाको सिरवानी क्षेत्रमा आक्रमण गरेको हो ।

राज्यमन्त्री राई सवार गाडीमा लुटपाट गर्ने उद्देश्यले भएको आक्रमणमा संलग्न ६ जनालाई उदयपुर प्रहरीले समातेको हो ।

राज्यमन्त्री राई सवार प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडीमा आक्रमण गरी लुटपाट गर्न खोजेको अभियोगमा उदयपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

राज्यमन्त्री राईले चुहारको झोलुंगे पुल, जोगेपाथर घारेको झोलुंगे पुल, बाक्सीखोप झोलुंगेपुल, निर्माणाधीन मोटरेबल सडकसहितमा भएको क्षतिको अवलोकन गरेकी थिइन् । त्यसपछि विराटनगर फर्किने क्रममा गाडीमा ढुंगा हानिएको थियो ।

गाडीमा राज्यमन्त्री राईसँग भोजपुरको आमचोक गाउँपालिका उपाध्यक्ष वसन्त राईसहित ७ जना थिए । तर आफूहरूलाई सडकमा छेकेर मार्ने उद्देश्यले १५ जनाको समूहले आक्रमण गरेको उनले बताइन् ।

राईका अनुसार खुकुरी, भाला र ढुंगासहितका उनीहरूले गाडी छेक्न सडकमा मुढा राखेका थिए । गाडी सरासर अगाडि बढाएपछि ढुंगा हानिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५८ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड