राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता « Khabarhub

राष्ट्रपति भए अपराध नियन्त्रण गर्ने ह्यारिसको प्रतिबद्धता


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस तथा रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै जना प्रचारमा व्यस्त छन्।

विन्सकन्सिनमा भएको कार्यक्रममा बोल्दै ह्यारिसले अमेरिकामा नयाँ पुस्ताका नेताको प्रतिनिधिको रूपमा आफूलाई प्रस्तुत गर्दै ह्यारिसले ट्रम्पभन्दा आफू हरेक कुरामा अघि रहेका जिकिर समेत गरिन्।

अभियोजक तथा क्यालिफोर्नियाकी पूर्व महान्यायाधिवक्ता रहेकी उनी शिकारी, अपराधी तथा लागूपदार्थ ओसार पसार गर्नेलाई निर्मूल नै पार्न सक्षम हुने विश्वास व्यक्त गरेकी छिन्। ‘यदि मलाई अमेरिकी राष्ट्रपतिको रूपमा तपाईंहरूको पक्षमा लड्ने मौका दिनुभयो भने म त्यस्ता कुनै पनि विषयलाई मौका नै दिन्न,’ कार्यक्रममा ह्यारिसले भनिन्।

विन्सकन्सिनमा उनको चासो अर्थतन्त्रमा थियो। वरिष्ठ नागरिकलाई स्वास्थ्य सुविधा, बच्चाको पालनपोषणमा कम खर्च तथा साना व्यवसायमा करमा कटौती लगायत प्राथमिकताका विषयलाई उनले त्यहाँ उठाएकी थिइन्।

दुवै जनाले पछिल्लो कार्यक्रममा विन्सकन्सिनमा गरेका थिए। ५३८ इलेक्ट्रोलमध्य १० इलेक्ट्रोल मत अमेरिकामा छ। ५९ लाख मतदाता रहेको सो राज्यमा डोनाल्ड ट्रम्पले भने बारम्बार आप्रवासीको मुद्दा उठाएर ह्यारिसमाथि आक्रमण गरेका छन्।

यसैबिच अरब अमेरिकन प्रभाव रहेको मिचिगनमा ट्रम्प पुग्दा भने डेमोक्र्याटको मध्यपूर्व नीतिमा असहमति जनाउँदै नारासहित धेरै जना त्यहाँ पुगेका थिए। मिचिगनमा मुस्लिम मतदाता नै निर्णायक हुन सक्ने आङ्कलन गरिएको छ। त्यसो त मिचिगन परम्परागत रूपमा नै डेमोक्र्याटको प्रभाव क्षेत्र हो।

अहिले त्यहाँका मतदाता बाइडेनको मध्यपूर्व नीतिले आक्रोशित हुँदै गएका छन्। ह्यारिसका लागि उनीहरूलाई फकाउन कठिन भइरहेको छ।

मध्यपूर्व बाहेकका इस्लाममा भने डेमोक्र्याटको प्रभाव छ। हम्ट्राम्कमा बङ्गलादेशका २५ हजार मुस्लिमको ८० प्रतिशत समर्थन ह्यारिसलाई रहेको जनाइएको छ भने यमनी मुस्लिमको मत बराबर हुने अनुमान गरिएको छ। अरब मतदाता नै मध्य कोही भने ह्यारिसबाट शान्त पूर्वक र चलाखीपूर्ण ढङ्गले मध्यपूर्वको समाधान खोजी हुनसक्ने आशामा छन्।

लगातार दुई पटक आएको आँधी तथा हडतालका कारण अमेरिकामा नै बेरोजगारी दर अक्टोबर महिनामा बढेको छ। यसै विषयमा ट्रम्पले ह्यारिसमाथि आक्रमण गरेका छन्।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ५८ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित