बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको क्षति « Khabarhub

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको क्षति


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रौतहट– सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ ।

बरहथवा नगरपालिका-७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार तथा सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।

विशेषगरी साहको किराना पसलमा दशैं–तिहारको पर्वलाई मध्यनजर गर्दै धेरै सामानको भण्डारण गरिएकोले त्यहाँ बढी नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार आगलागीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी राति करिब ११ः३० बजेतिर शुरु भएको थियो, जुन नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिब राति २ बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो। स्थानीय र प्रहरीको समयमै प्रयास भए पनि तीव्र आगलागीका कारण क्षति रोक्न गाह्रो भएको थियो।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। स्थानीयका अनुसार सम्भवतः विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ, तर यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १२ : ३८ बजे

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई