हिरासतबाट रविको प्रश्न- अर्को तीन वर्ष ओली-देउवाकै शासन चलाउँदा देशको हाल के होला ? « Khabarhub

हिरासतबाट रविको प्रश्न- अर्को तीन वर्ष ओली-देउवाकै शासन चलाउँदा देशको हाल के होला ?

स्वर्णिम भन्छन्- मनोबल उच्च रहेछ, किताब उपहार दिएँ


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कात्तिक ३ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले काठमाडौंबाट कास्की पुगेर सभापति लामिछानेलाई हिरासतमा भेट गरेको खुलाएका छन् ।

हिरासतमा रविसँगको भेटबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिइएको खुलाएका छन् ।

‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो’, उनले भने, ‘सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको, र मनोबल उच्च रहेको पाएँ ।’

उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि बताएका छन्। त्यस क्रममा लामिछानेले अझै पनि पुराना नेताको आसपासमा देश चल्दा बेहाल हुने बताएको वाग्लेले उल्लेख गरे ।

उनले अगाडि भनेका छन्, ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ रविजीले सोध्नु भएको छ।

लामिछानेको उक्त प्रश्नको जवाफमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि वाग्लेले बताए ।

उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने आवश्यकता देखिएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ३ : १३ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ