‘हिलोमा फुलेको फूल’ लोकार्पण « Khabarhub

‘हिलोमा फुलेको फूल’ लोकार्पण


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्माचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ ।

नेपाल बालसाहित्य समाजद्वारा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा तथा पूर्वमन्त्रीत्रय शंकरप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली, रघुजी पन्तलगायतले विमोचन गरे।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपति कर्माचार्यले नेपालको कला क्षेत्रमा ६० वर्षदेखि क्रियाशील छन्। कृतिमा उनले कला क्षेत्रमा पुर्‍याएको योगदानको वर्णन गरिएको छ । त्यसअवसरमा वरिष्ठ  कलाकार शर्माले राज्यले कलाक्षेत्रको विकास र विस्तारमा ध्यान नदिएका कारण कलाकार खेतालाजस्ता हुनुपरेको भनी रोष प्रकट गरे।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारको जीवनीमा आधारित पुस्तक प्रकाशनले व्यक्तित्वको सामाजिकीकरणको पाटोमा सफल अभ्यास भएको प्रतिक्रिया दिए।

पूर्वमन्त्री एवं साहित्यकार ज्ञवालीले कलाको माध्यमबाट कर्माचार्यले सामाजिक जागरण र राष्ट्रिय एकता कायम गर्न गरेको योगदानको चर्चा गरे ।

साहित्यकार कोइरालाले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति र व्यक्तित्वको जीवनी, व्यक्तित्व र कृतित्व सार्वजनिक हुन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ पत्रकार पन्तले चित्रकलाले देश र समाजको संस्कृति, रहनसहन, वेशभूषा, इतिहास र जीवनशैलीको यथार्थ चित्र  गर्ने भएकाले यसको महत्त्वबारे भाविपुस्तालाई पर्याप्त जानकारी दिलाउन आवश्यक रहेको बताए।

वरिष्ठ कलाकार कर्माचार्यले आफ्ना दाजु र सहपाठीको प्रेरणामा चित्रकला, मूर्तिकला र सिर्जनातर्फ लाग्न परेको घटना र परिवेश सुनाए। नेपाल बालसहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले कला र साहित्यलाई जोड्ने पुलका रूपमा बाल साहित्यले काम गरिरहेको बताए।

लेखक आचार्यले नेपालको कलाक्षेत्रको विशिष्ट साधक कर्माचार्यको जीवनीमा आधारित पुस्तक प्रकाशन गर्ने कार्यलाई आफूले एउटा अवसरका रूपमा लिएको धारणा राखे ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपाली कलाक्षेत्रका क्षेत्रमा छ दशक योगदान दिने व्यक्तिको जीवनीमा आधारित पुस्तक प्रकाशित हुनुलाई कला क्षेत्रकै सम्मानका रूपमा लिएको बताए।

वरिष्ठ लेखक एवं प्राज्ञ जीवेन्द्रदेव गिरिले कर्माचार्यलाई अहिलेको अवस्थामा आइपुग्ने केकस्ता विषय र घटनाले मलजल गरेको छ भन्ने नालीबेली पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने प्रतिक्रिया दिए। 

साहित्यकार मुकेश मल्लले कला र साहित्यलाई एक–अर्कालाई जोड्ने कार्यले सिर्जना कलात्मक हुनकासाथै गुणस्तरमा पनि सुधार ल्याउन योगदान पु¥याउने धारणा राखे ।

बाल्यकालदेखि नै कलाक्षेत्रमा रुची राख्ने कर्मचार्य शुरुआति दिनमा नाटक खेल्ने र चित्र कोर्दै यस क्षेत्रमा लागेका थिए । अहिले उनले छ सयभन्दाबढी हुलाक टिकट डिजायन गर्ने विशिष्ट साधकको परिचय बनाइसकेका छन । छ दर्जनभन्दा बढी बालपुस्तकमा चितांकन गरेका उनले हजारौँ पुस्तकका लागि आवरण बनाइ सकेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ३३ बजे

९ महिनामा झण्डै १५ खर्बको वस्तु आयात, १ खर्ब बढीको डिजेल मात्रै आयात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा झण्डै १५ खर्ब

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को