फोटो पत्रकार रजेन्द्र केसीको क्यान्सरबाट अमेरिकामा निधन « Khabarhub

फोटो पत्रकार रजेन्द्र केसीको क्यान्सरबाट अमेरिकामा निधन


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपालका चर्चित फोटोपत्रकार रजेन्द्र केसीको अमेरिकामा उपचारका क्रममा निधन भएको छ।

फोटोपत्रकार क्लब (पीजे) का अनुसार उनी गत साउनदेखि प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।

अमेरिकामा उपचार गराइरहेका उनको शनिबार निधन भएको पीजेल क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

केसीका श्रीमती र एक छोरी अमेरिकामै बसोबास गर्दै आएका छन्। उनले नेपालमा रहँदा लामो समय फोटो पत्रकारिता गरे।

उनी खासगरी सामाजिक विषय र खेलकुदका फोटो पत्रकारितामा अब्बल थिए । उनले राजधानी दैनिक, अन्नपूर्ण पोस्ट् दैनिकसहितमा करिब २ दशक फोटो पत्रकारिता गरे ।

पछिल्लो सयको ६ वर्षदेखि केसी अमेरिकामा बस्दै आएका थिए । फोटोपत्रकार क्लब पूर्व कोषाध्यक्षसमेत रहेका उनी पछिल्लो समय क्यान्सरको किमोथेरापी गराइरहेका थिए ।

क्यान्सरको पहिचानकै क्रममा बचत रकम सकिएपछि उनको उपचारमा गो फन्डमनी अभियान चलाइएको थियो । उपचारका क्रममा केसी परिवारको आर्थिक स्थिति कमजोर बन्दै गएको थियो ।

तर उनले आत्मबल दह्रो बनाएर क्यान्सर जित्ने बताउने गरेका थिए । तर एक समयका चर्चित फोटो पत्रकार केसीले क्यान्सरका कारण अल्पायुमै प्राण त्याग्न विवश भएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ५० बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ