फोटो पत्रकार रजेन्द्र केसीको क्यान्सरबाट अमेरिकामा निधन « Khabarhub

फोटो पत्रकार रजेन्द्र केसीको क्यान्सरबाट अमेरिकामा निधन


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपालका चर्चित फोटोपत्रकार रजेन्द्र केसीको अमेरिकामा उपचारका क्रममा निधन भएको छ।

फोटोपत्रकार क्लब (पीजे) का अनुसार उनी गत साउनदेखि प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।

अमेरिकामा उपचार गराइरहेका उनको शनिबार निधन भएको पीजेल क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

केसीका श्रीमती र एक छोरी अमेरिकामै बसोबास गर्दै आएका छन्। उनले नेपालमा रहँदा लामो समय फोटो पत्रकारिता गरे।

उनी खासगरी सामाजिक विषय र खेलकुदका फोटो पत्रकारितामा अब्बल थिए । उनले राजधानी दैनिक, अन्नपूर्ण पोस्ट् दैनिकसहितमा करिब २ दशक फोटो पत्रकारिता गरे ।

पछिल्लो सयको ६ वर्षदेखि केसी अमेरिकामा बस्दै आएका थिए । फोटोपत्रकार क्लब पूर्व कोषाध्यक्षसमेत रहेका उनी पछिल्लो समय क्यान्सरको किमोथेरापी गराइरहेका थिए ।

क्यान्सरको पहिचानकै क्रममा बचत रकम सकिएपछि उनको उपचारमा गो फन्डमनी अभियान चलाइएको थियो । उपचारका क्रममा केसी परिवारको आर्थिक स्थिति कमजोर बन्दै गएको थियो ।

तर उनले आत्मबल दह्रो बनाएर क्यान्सर जित्ने बताउने गरेका थिए । तर एक समयका चर्चित फोटो पत्रकार केसीले क्यान्सरका कारण अल्पायुमै प्राण त्याग्न विवश भएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ४ : ५० बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको