भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप-प्रत्यारोपमा उत्रिए दुवै देश « Khabarhub

भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप-प्रत्यारोपमा उत्रिए दुवै देश


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत र क्यानाडाबीच पछिल्लो दिन तनाव चुलिँदो छ। क्यानाडाले आफ्नो देशमा खालिस्तानी अभियन्ताको भारतीय योजनामा आक्रमण र हत्या गरेको आरोप दोहोर्‍याएपछि यी दुई देशबीच तनाव चुलिँदो छ ।

क्यानाडामा बस्दै आएका खालिस्तानीको हत्यासम्मको योजनामा भारतीय गृहमन्त्री अमित शाह संलग्न भएको आरोप लागेको थियो । यसलाई लिएर भारीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शनिबार क्यानाडाको उच्च आयोगका अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

यसक्रममा उनले अमित शाहमाथि लगाइएको आरोप निराधार रहेको जवाफ दिएका छन् । क्यानाडाली अधिकारीले जानीबुझी भारतलाई बदनाम गर्ने योजना बनाएको आरोप उनले लगाए । क्यानाडाले लगाएको आरोपलाई अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बढाइँ चढाइँ गरेको भन्दै भारतले यसबाट दुई देशको सम्बन्धमा गम्भीर असर पर्ने जनाएको छ।

क्यानाडाका विदेश उप-मन्त्री डेभिड मोरिसनले २९ अक्टोबरमा एक संसदीय बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहले क्यानाडामा शिख खालिस्तानीलाई निशाना बनाउन आदेश दिएको जनाएका थिए ।

रणधीर जायसवालले भने, ‘हाम्रा केही वाणिज्य दूतावास अधिकारीलाई हालै क्यानाडा सरकारको तर्फबाट सूचना दिइएको थियो । त्यो अडियो र भिडियो हाम्रो निगरानीमा छन् । उनको सञ्चारलाई पनि रोक लगाउने कोसिस भएको छ।’

उनले यसबारेमा औपचारिक रूप विरोध गरेको बताएका छन् । यसलाई उनले राजनीतिक र वाणिज्य सन्धिको उल्लंघन भनेका छन् ।

विवादबीच क्यानाडामा दीपावली उत्सव रद्द गरिएकोबारेमा उनले भने- हामीले यसबारेमा केही खबर सुनेका छौँ । यो बहुत दुखद हो, त्यहाँको अवस्था एकदमै गम्भीर रहेको हामीले बुझेका छौँ।’

क्यानाडाको संसद पार्लियामेन्ट हिलमा दीपावली उत्सव रद्द गरेको समाचार आएको थियो । समाचारमा भारतसँगको राजनीतिक तनावबीच दीपावली समारोह रद्द गरिएको हो ।

मोरिसनले २९ अक्टोबरमा अमेरिकी पत्रिका वासिङ्गटन पोस्टले खालिस्तानी अभियन्ता हत्यामा अमित शाहको नाम उल्लेख गरेर भारत-क्यानाडा बैठकको जानकारी पनि दिएको बताएका छन् ।

तर मोरिसनले अमित शाहले खालिस्तानीलाई निशाना बनाउन आदेश दिएको सूचना कसले दियो भन्ने खुलाएका छैनन् । पहिलो पटक क्यानाडाली अधिकारीले खालिस्तानी अभियन्ताको हत्यामा भारतीय मन्त्रीको संलग्नताबारे पहिलो पटक बोलेका हुन् ।

यसअघि १६ अक्टोरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले एक आयोगसामु २०२३ सेप्टेम्बरमा हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाएका थिए । त्यसबेला उनले जासुसी सूचना आफूसँग रहेको बताएका थिए । तर उनले ठोस प्रमाण दिएका थिएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : ३५ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण