भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप-प्रत्यारोपमा उत्रिए दुवै देश | Khabarhub Khabarhub

भारत र क्यानाडाबीच तनाव बढ्दै, आरोप-प्रत्यारोपमा उत्रिए दुवै देश


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत र क्यानाडाबीच पछिल्लो दिन तनाव चुलिँदो छ। क्यानाडाले आफ्नो देशमा खालिस्तानी अभियन्ताको भारतीय योजनामा आक्रमण र हत्या गरेको आरोप दोहोर्‍याएपछि यी दुई देशबीच तनाव चुलिँदो छ ।

क्यानाडामा बस्दै आएका खालिस्तानीको हत्यासम्मको योजनामा भारतीय गृहमन्त्री अमित शाह संलग्न भएको आरोप लागेको थियो । यसलाई लिएर भारीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शनिबार क्यानाडाको उच्च आयोगका अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

यसक्रममा उनले अमित शाहमाथि लगाइएको आरोप निराधार रहेको जवाफ दिएका छन् । क्यानाडाली अधिकारीले जानीबुझी भारतलाई बदनाम गर्ने योजना बनाएको आरोप उनले लगाए । क्यानाडाले लगाएको आरोपलाई अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बढाइँ चढाइँ गरेको भन्दै भारतले यसबाट दुई देशको सम्बन्धमा गम्भीर असर पर्ने जनाएको छ।

क्यानाडाका विदेश उप-मन्त्री डेभिड मोरिसनले २९ अक्टोबरमा एक संसदीय बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहले क्यानाडामा शिख खालिस्तानीलाई निशाना बनाउन आदेश दिएको जनाएका थिए ।

रणधीर जायसवालले भने, ‘हाम्रा केही वाणिज्य दूतावास अधिकारीलाई हालै क्यानाडा सरकारको तर्फबाट सूचना दिइएको थियो । त्यो अडियो र भिडियो हाम्रो निगरानीमा छन् । उनको सञ्चारलाई पनि रोक लगाउने कोसिस भएको छ।’

उनले यसबारेमा औपचारिक रूप विरोध गरेको बताएका छन् । यसलाई उनले राजनीतिक र वाणिज्य सन्धिको उल्लंघन भनेका छन् ।

विवादबीच क्यानाडामा दीपावली उत्सव रद्द गरिएकोबारेमा उनले भने- हामीले यसबारेमा केही खबर सुनेका छौँ । यो बहुत दुखद हो, त्यहाँको अवस्था एकदमै गम्भीर रहेको हामीले बुझेका छौँ।’

क्यानाडाको संसद पार्लियामेन्ट हिलमा दीपावली उत्सव रद्द गरेको समाचार आएको थियो । समाचारमा भारतसँगको राजनीतिक तनावबीच दीपावली समारोह रद्द गरिएको हो ।

मोरिसनले २९ अक्टोबरमा अमेरिकी पत्रिका वासिङ्गटन पोस्टले खालिस्तानी अभियन्ता हत्यामा अमित शाहको नाम उल्लेख गरेर भारत-क्यानाडा बैठकको जानकारी पनि दिएको बताएका छन् ।

तर मोरिसनले अमित शाहले खालिस्तानीलाई निशाना बनाउन आदेश दिएको सूचना कसले दियो भन्ने खुलाएका छैनन् । पहिलो पटक क्यानाडाली अधिकारीले खालिस्तानी अभियन्ताको हत्यामा भारतीय मन्त्रीको संलग्नताबारे पहिलो पटक बोलेका हुन् ।

यसअघि १६ अक्टोरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले एक आयोगसामु २०२३ सेप्टेम्बरमा हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाएका थिए । त्यसबेला उनले जासुसी सूचना आफूसँग रहेको बताएका थिए । तर उनले ठोस प्रमाण दिएका थिएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : ३५ बजे

जेन-जी नेतृत्वले भन्यो- आन्दोलनमा घुसपैठ भयो,सुरक्षित रुपमा घर फर्कनुस्

काठमाडौँ– संघीय राजधानी काठमाडौँमा आइतबार भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौँ– जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् ।

बाघको आक्रमणबाट महिनामा चार जनाको मृत्यु

बारा– बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको

संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न

काठमाडौं– जेनजी पुस्ताका प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनलाई चारैतिरबाट घेरेर भित्र

बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

काठमाडौं– जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त