अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन | Khabarhub Khabarhub

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा रु ३२ लाख ४४ हजार सङ्कलन भएको छ । तीन दिनको अवधिमा सो रकम सङ्कलन भएको हो ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु २९ हजारदेखि अधिकतम रु १३ लाख १९ हजारसम्म दान गरेका छन् ।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका–७ बिमको तल्लोगाउँ टोलबाट रु १३ लाख सहयोग प्राप्त भएको छ । त्यसैगरी बिमबाङ टोलबाट रु ११ लाख, डाँडागाउँ टोलबाट रु पाँच लाख, ढुनोट टोलबाट रु एक लाख७७ हजार, नौमाने टोलबाट रु ४३ हजार, अर्कला टोलबाट रु ३० हजार र इल्पु टोलबाट रु दुई हजार सहयोग जुटेको हो । आज देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ०७ बजे

अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित

काठमाडौं‍- नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाइदिन आग्रह

काठमाडौं –उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई

एलन मस्क भन्छन्- मंगल ग्रहमा ९ महिना होइन, ९० दिनमै पुग्न सकिन्छ

काठमाडौं– स्पेस एक्सका प्रमुख र सीईओ एलन मस्कले आफ्नो निर्णय

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुर – यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको