सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी « Khabarhub

सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरेका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गरेकी छन्।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म