कीर्तिपुरको प्रमुखमा कांग्रेसको अग्रता | Khabarhub Khabarhub

कीर्तिपुरको प्रमुखमा कांग्रेसको अग्रता

कांग्रेस– ७८९, एमाले– ६६६, माओवादी– ४६५ मत


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार कांग्रेसका डंगोलले ७८९ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र मानन्धरले ६६६ मत पाएका छन् । यस्तै, माओवादीका शिवशरण महर्जनले ४६५ र स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ४१८ मत प्राप्त गरेका छन् ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !

काठमाडाैं– नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट

निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री