मधेसका ७ वडाको परिणाम : सिके राउतलाई धक्का, उपेन्द्र यादव र माधव नेपाललाई फाइदा | Khabarhub Khabarhub

मधेसका ७ वडाको परिणाम : सिके राउतलाई धक्का, उपेन्द्र यादव र माधव नेपाललाई फाइदा

कांग्रेस, एमाले र माओवादीको सापोनापो बराबर


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका ४ जिल्ला अन्तर्गत ७ वटा वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ । ती सबै वडाको मतगणना आइतबार राति नै सकिएको छ ।

सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाका ७ वडामा उपचुनाव भएको हो ।

यीमध्ये ४ वटामा यसअघि नेपाली कांग्रेसले जितेको थियो भने एमाले, माओवादी र जसपाले एक–एक वटा वडा जितेका थिए ।

यसपालि नेपाली कांग्रेस दुईवटा वडामा खुम्चिएको छ भने जसपा र एकीकृत समाजवादीले नाफा कमाएका छन् । एमाले र माओवादी एक–एक सिट जोगाउन सफल भएका छन् । तर, दुबै दलले पहिले जितेका वडाहरुमा हार व्यहोरेर अर्को वडाबाट जितेका हुन् ।

७ वटा वडाहरुको चुनावी परिणाम हेर्दा मधेसमा सिके राउतको जनमत पार्टीप्रतिको आकर्षण घटेको देखिएको छ । राउतको गृहजिल्लामै उपेन्द्र यादव नेतृत्वको जनमत पार्टीले कांग्रेसका दुई वडाध्यक्ष खोसेर आफूलाई विजयी बनाएको छ । धनुषा, महोत्तरी र रौतहटमा पनि जनमत पार्टीमा खासै आकर्षण देखिएको छैन ।

मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिमा सुधार देखिएन भने एमाले, माओवादीजस्ता वाम दलहरु विभाजित हुँदा कांग्रेसलाई फाइदा पुग्ने प्रष्टै देखियो । एमाले विभाजनको असर रौतहटमा प्रष्ट देखियो ।

सिके राउतको गृहजिल्लामा जसपाको जित

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जसपाका उम्मेदवार धीरेन्द्रकुमार साह विजयी बनेका छन् । यसअघि यो वडा नेपाली कांग्रेसले जितेको थियो ।

जसपाका साहले ६५२ मत ल्याउँदा कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत मात्र पाइन् । एमालेका भगवानी साहले २६५ मत पाए भने राप्रपाका उम्मदेवारले १६५ मत पाए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतको गृहजिल्ला अन्तरगत पर्ने यस वडामा सो पार्टीका उम्मेदवार ७४ मतका साथ पाँचौं स्थानमा रहे भने माओवादी २९ मतका साथ छैठौं स्थानमा रह्यो ।

त्यसैगरी डाक्नेश्वरीकै वडा नम्बर ४ को वडाध्यक्ष पनि जसुपाले नै जितेको छ । यहाँ जसपाका देवेन्द्र प्रसाद यादव ३७२ मतका साथ विजयी बनेका छन् । कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाएका छन् । यो वडा पनि ०७९ मा नेपाली कांग्रेसले नै जितेको थियो । यस वडामा सिके राउतको पार्टी तेस्रो, एमाले चौथो र माओवादी पाँचौं बनेका छन् ।

धनुषा : कांग्रेसको सिट माओवादीले खोस्यो, एमाले तेस्रो

एमाले नेता रघुवीर महासेठको गृहजिल्ला धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को चुनावी परिणााम आएको छ । यसअघि कांग्रेसले जितेको यो वडामा यसपालि माओवादीका सुनील कापर केवट विजयी बनेका छन् ।

माओवादीका केवटले ६८४ मत पाउँदा कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत पाए । यहाँ एमाले तेस्रो र राप्रपा चौथो बने । यहाँ सिके राउतको जनमत पार्टीले २५ र रवि लामिछानेको रास्वपाले १० मत पाए ।

महोत्तरी : माओवादीको सिट एमालेले खोस्यो

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका सकिबुल खाँ निर्वाचित भएका छन् । यहाँ ०७९ मा माओवादीले जितेको थियो । यहाँबाट माओवादीको सिट एमालेले खोसेको छ ।


एमालेका खाँले ६३१ मत पाउँदा माओवादीकी आइतीकुमारी यादवले ५३४ मत पाइन् । कांग्रेस तेस्रो र जसपा चौथो बन्यो । यस वडामा रास्वपाले ४ मत पायो भने राप्रपाले २ मत ।

रौतहटमा एमाले शून्य

माधव नेपालको गृहजिल्ला रौतहटमा तीनवटा वडाका लागि उपनिर्वाचन भएको थियो । यहाँ एमाले र जसपाले एक–एक सिट गुमाएका छन् भने एमालेको वडाध्यक्ष कांग्रेसले खोसेको छ ।

रौतहटको ईशनाथपुर नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी बनेका छन् । यो वडा ०७९ मा एमालेले जितेको थियो ।

कांग्रेसका खलिकले ६२७ मत पाएर जित निकाल्दा एमालेका शेख अनवारले ५७५ मत पाए । यहाँ एकीकृत समाजवादी दोस्रो, जनमत पार्टी तेस्रो र माओवादी चौथो स्थानमा आए । ओली–माधवको पार्टी नफुटेको भए यहाँ कांग्रेसको पल्ला भारी हुने थिएन । तर, एमाले विभाजनको सोझो फाइदा कांग्रेसले लिएको देखियो ।

रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ८ मा यसअघि जसपाले जितेको वडाध्यक्ष एर्कीकत समाजवादीले खोसेको छ । यहाँ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका बजरंगी यादव जिवयी बनेका छन् । यहाँ एमाले दोस्रो बनेको छ भने कांग्रेस तेस्रो ।

रौतहटको अर्को राजपुर नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पद भने नेपाली कांग्रेसले जोगाएको छ । यहाँ कांग्रेसका समोस आलम विजयी बनेका छन् । यो वडाबाट ०७९ मा पनि कांग्रेस नै विजयी बनेको थियो । यसपटक यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो बनेका छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ३५ बजे

बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन

काठमाडौं– बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर

यी नदीहरूमा आज बाढीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने  दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले

सुदूरपहाडमा पाइँदैन डोको, डालो र भकारी

डडेल्धुरा- प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूर