एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी « Khabarhub

एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको खेलमा गेटाफेलाई २-० ले हराउँदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरीलाई छोट्याएको छ।

आइतबार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङ्घम र केलिएन एम्बाप्पेले गोल गरे।

एलियोन नियोमले एन्टेनियो रुडिगरलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ३० औँ मिनेटमा बेलिङ्घमले रियललाई अग्रता दिलाएका थिए।

त्यसको ८ मिनेटपछि बेलिङ्घमकै पासमा एम्बाप्पेले गोल गरे। तालिकामा १५ खेल खेलेको बार्सिलोनाको ३४ तथा १४ खेल खेलेको रियल म्याड्रिडको ३३ अङ्क छ। १५ खेल खेलेको एट्लेटिको म्याड्रिडको ३२ अङ्क छ।

स्पेनिस ला लिगाकै आइतबार भएका अन्य खेलमा एथलेटिको क्लबले रायो भल्कानोलाई २-१ ले तथा रियल सोसिडाडले रिल बेटिसलाई २-० ले हराए। अर्को खेलमा भिल्लारियल र गिरोना बिच २-२ गोलको बराबरी भयो। २६ अङ्क भएको एथलेटिको क्लब चौथो तथा भिल्लारियल पाँचौँ स्थानमा छन्। २२ अङ्क भएको गिरोना सातौँ स्थानमा छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : १७ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ