सिटीविरुद्ध लिभरपुर विजयी हुँदा मोहम्मदको शानदार प्रदर्शन « Khabarhub

सिटीविरुद्ध लिभरपुर विजयी हुँदा मोहम्मदको शानदार प्रदर्शन


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिभरपुलले इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा अग्रतालाई फराकिलो बनाएको छ।

आइतबारको खेलको १२ औँ मिनेटमा मोहम्मद सलाहको पासमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए। खेल सकिन १२ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै मोहम्मद सलाहले अन्तरलाई अझ फराकिलो बनाए।

यो जितपछि लिभरपुलले अग्रतालाई नौ अङ्कमा लम्ब्याएको छ। शीर्ष स्थानको लिभरपुलको ३४ तथा दोस्रो स्थानको आर्सनलको २५ अङ्क छ। यसैगरी तेस्रो स्थानको चेल्सीको २५ अङ्क छ।

२३ अङ्क रहेको सिटी गोल अन्तरको आधारमा ब्रिङटन भन्दा पछि रहँदै पाँचौँ स्थानमा छ। पछिल्लो सात खेलमा विजय हीन रहेको सिटीको प्रिमियर सिपका पछिल्ला ४ खेलमा पराजित भएको छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : २६ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।