जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित « Khabarhub

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छिन् ।

आइतबार भएको उपनिर्वाचनको आज बिहान सम्पन्न मतगणनामा लामिछाने ४ हजार २७२ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्र चन्द (सिंह) ले ३ हजार १४७ मत प्राप्त गरिन् । यस्तै, एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत प्राप्त गर्दा राप्रपाकी पार्वती पुनले १७९ मत पाइन् ।

यसअघिको निर्वाचनमा नलगाडको उपप्रमुखमा कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : १३ बजे

युएनआरडब्लुएका लागि राजनीतिक र आर्थिक सहयोग बढाउन प्यालेस्टिनी राजदूतको आह्वान

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टाइनका स्थायी प्रतिनिधि रियाद मन्सुरले प्यालेस्टाइन

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम

फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ- मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु